१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

जोतेको जग्गा कहिले आफ्नो हुन्छ ?

पाठक पत्र

हामी ९ सय ५८ घरधुरीका ४ हजार ८ सय ४० जना किसान पशुपति महास्नान गुठीबाट पीडित छौं । १८५६ सालदेखि हाम्रो पुस्ताले गुठीको जमिन कमाउँदै आयौं । पुस्ताले जोतेको जमिन आफ्नो भएन । पशुपतिमा चौरासी व्यञ्जन बुझाउन जाँदा पैताला खिइए ।

भारीले डँडालोमा फोका उठे । जग्गा किन्दाभन्दा बढी कुत बुझायौं । तर जमिन हामी किसानको भएन । हामी धर्मविरोधी होइनौं । धर्म बचाउने र पूजाआजा गर्ने हाम्रो पनि कर्तव्य हो । तर हामी अन्यायमा छौं । पुस्ताले जोतेको जमिन आफ्नो नहुँदा राज्यका सबै अधिकारबाट वञ्चित छौं ।

न धितो बन्धकी चल्छ । न ऋण सापटी पाइन्छ । हामीलाई अन्याय भयो । हामीसँग न जग्गाको कुनै प्रमाण छ न बेचबिखन नै गर्न सकिन्छ । हामीले आश्वासन मात्र पायौं, अधिकार पाएनौं । राजनीतिक दल र नेताले पनि झूट बोले । फट्कशिलाका गुठीपीडित किसानले लोकतान्त्रिक गणतन्त्रको अनुभूति कहिले गर्न पाउने ? आफूले जोतेको जमिनको अधिकार पाउनका लागि आन्दोलन नै गर्नुपर्ने हो र ?
– जीवनाथ घोरासैनी, मेलम्ची–१३, सिन्धुपाल्चोक

प्रकाशित : वैशाख १४, २०८१ ०४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?