रोशी खोलामा पानीको सतह बढ्दै गएपछि जोखिमलाई ध्यानमा दिँदै बन्द गरिएको राजमार्ग मंगलबार अपराह्न ४:१० बजेदेखि सञ्चालन गरिएको हो ।
काभ्रे — बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन खुलेको छ ।
वर्षाका कारण रोशी खोलामा पानीको सतह बढ्दै गएपछि जोखिमलाई ध्यानमा दिँदै बन्द गरिएको राजमार्ग मंगलबार अपराह्न ४:१० बजेदेखि सञ्चालन गरिएको हो । रोशी खोलामा पानीको बहाव कम भएपछि उक्त सडकखण्डमा सवारी आवागमन सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।
मंगलबार दिउँसो १२:३० बजेदेखि रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।
मौसम अझै प्रतिकूल रहन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
