नमोबुद्ध बस दुर्घटना : मृतक आठै जनाको सनाखत

बनेपाबाट रोशीस्थित सुघुरे जाँदै गरेको यात्रुवाहक बस नमोबुद्धको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।

जेष्ठ ३०, २०८३

ज्योती श्रेष्ठ

Namobuddha bus accident: All eight deceased identified

काभ्रे — बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ स्थित बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार उनीहरुको सनाखत भएको हो । बनेपाबाट रोशी गाउँपालिका-६ स्थित सुघुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो । दुर्घटनामा घाइते भएकाको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

मृतकहरु

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully