धमाधम कालोपत्रे हुँदै नागढुङ्गा-मुग्लिङ सडक 

अहिले मुख्य प्राथमिकताका साथ नौंबिसे-धार्के खण्डको ३ किलोमिटर सडकमा बेस फाइनल गरी कालोपत्रे (पिच) गर्ने काम भइरहेको छ।

जेष्ठ ३१, २०८३

पोषनाथ अधिकारी

Nagdhunga-Mugling road being paved

What you should know

धादिङ — पश्चिम एसियाको युद्ध र स्थानीय समस्याका कारण केही समय रोकिएको नागढुङ्गा-मुग्लिङ सडक आयोजना अन्तर्गत नौंबिसे-मलेखु (दोस्रो प्याकेज) को निर्माण कार्य पुनः अघि बढेको छ । बिटुमिन आयात गरि अहिले काम धमाधम अघि बढेको हो । 

अहिले मुख्य प्राथमिकताका साथ नौंबिसे-धार्के खण्डको ३ किलोमिटर सडकमा बेस फाइनल गरी कालोपत्रे (पिच) गर्ने काम भइरहेको छ। भने घाटबेसी खण्डमा पनि धमाधम काम भैरहेको छ । बर्खा लाग्न लागेकोले पनि यात्रु र सवारी साधनलाई मध्यनजर गर्दै बजार क्षेत्र र अत्यधिक उकालो तथा अप्ठ्यारो रहेका ठाउँहरूमा पहिलो चरणमा पिच गर्ने काम लाई तिब्रता दिइएको आयोजना पुर्वी खण्डका आयोजना प्रमुख केशव ओझाले बताए । हालसम्म पिचका लागि खनिएको ९ किलोमिटर र पुरानो पिच नखनिएको १० किलोमिटर सडक रहेको छ।

भौतिक संरचनातर्फ १३ वटा पुलमध्ये १० वटा पुल निर्माण सम्पन्न भई सवारी साधन सञ्चालनमा आइसकेका छन्। बाँकी ३ मध्ये दुईवटा पुलको स्ल्याब ढलानको काम भइरहेको छ भने अदालतमा मुद्दा परेर रोकिएको एउटा पुलको फैसला आयोजनाको पक्षमा आइसकेकाले त्यसको काम पनि तत्कालै सुरु गर्ने तयारी रहेको आयोजना प्रमुख ओझाले बताए।

यता सोप्याङखोला र खहरेखोला पुल, सडक सुरक्षा, तथा पर्खाल लगाउने कामहरू पनि समानान्तर रूपमा अगाडि बढिरहेका छन्। मलेखुदेखि मुग्लिङ खण्डमा पनि धमाधम काम भैरहेको छ । आयोजनाले बर्खाको बेला सडकमाथिबाट ढुङ्गा खसेर सवारी साधनमा लागेर दुर्घटना नहोस् भनी जोखिम कम गर्न त्यस्ता ठाउमा ढुङ्गा तथा माटो हटाउने काम पनि गरीरहेको छ ।  

यो सडक खण्ड पूर्ण रूपमा संञ्चालनमा आएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको यात्रा निकै सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

पोषनाथ

Link copied successfully