रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ : राष्ट्र बैंक

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

It seems that remittances should be invested in productive sectors: Rashtra Bank

काठमाडौँ — नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आउने क्रम उत्साहजनक रहेकाले विदेशी विनिमय सञ्चिति उच्च रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा विप्रेषण आप्रवाह उत्साहजनक रहेको, आयात संकुचनका साथै पर्यटक आगमन बढेको कारण विदेशी विनिमय सञ्चिति उच्च रहेको जनाइएको छ । 

राष्ट्र बैंकले रेमिट्यान्सको उपयोग उत्पादनशील भौतिक पूर्वाधारको निर्माण, उत्पादनमूलक उद्योगहरूको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा हुनुपर्नेसमेत जनाएको छ ।

त्यस्तै आयात घटेको र यसको संरचनागत परिवर्तन हुँदै गएको, आर्थिक क्रियाकलापमा सुधार आउन बाँकी रहेको परिप्रेक्ष्यमा सरकारको राजस्व परिचालन कमजोर रही सरकारी वित्त दबाबमा रहेको मौद्रिक नीतिमा उल्लेख छ । 'फलस्वरुप, पछिल्लो दशकमा कुल तिर्न बाँकी सार्वजनिक ऋण करिब दोब्बरले वृद्धि भई २०८१ असारसम्ममा कुल गार्हस्थ्य उत्पादनको करिब ४२.४ प्रतिशत पुगेको छ । तापनि,आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित खुद आन्तरिक ऋण परिचालनले बैकिङ प्रणालीमा सहज तरलता रहेको अवस्थामा ब्याजदरमा खासै दबाब नपार्न सक्दछ, तर सार्वजनिक ऋणको उत्पादनशील प्रयोगको आवश्यकता भने रहन्छ ।'

मौद्रिक नीति २०८१/०८२

कान्तिपुर

Link copied successfully