मौद्रिक नीति पारित, गभर्नरले सार्वजनिक गर्दै

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Monetary policy passed, announced by the governor

काठमाडौँ — राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको छ । अब केहीबेरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति सावर्जनिक गर्नेछन् । 

सरकारले बजेटमार्फत तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक कर्जा विस्तार हुने गरी  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउन नसक्ने धारणा निजी क्षेत्रका छाता संगठनहरूबाट आइसकेको छ । यसकारण पनि मौद्रिक नीतिप्रति निजी र अन्य क्षेत्रका सरोकारावालाको अपेक्षा धेरै छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने गरी नीति ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।

मौद्रिक नीति २०८१/०८२

कान्तिपुर

Link copied successfully