मौद्रिक नीति सार्वजनिक, नीतिगत दर र बैंकदर घटाइयो

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Monetary policy public, policy rate and bank rate reduced

काठमाडौँ — नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर ‍घटाएकाे हाे ।

नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । बैंकदर समेत घटाएको छ । बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ ।ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ । 

मौद्रिक नीति २०८१/०८२

कान्तिपुर

Link copied successfully