वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Unsecured loan for foreign workers

काठमाडौँ — नेपाल राष्ट्र बैंकले विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने जनाएको छ ।  शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्ताे व्यवस्था गरेकाे जनाएकाे हाे ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण दिने जनाएको छ ।

‘सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ,’ वक्तव्यमा भनिएको छ । 

मौद्रिक नीति २०८१/०८२मौद्रिक नीति

कान्तिपुर

Link copied successfully