कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मौद्रिक नीतिको लक्ष्य : ७ महिनाका लागि वस्तु तथा सेवा आयात धान्ने गरी विदेशी विनिमय सञ्चिति गर्ने

काठमाडौँ — नेपाल राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा आयाात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य रहेको जनाएको छ ।

मौद्रिक नीतिको लक्ष्य : ७ महिनाका लागि वस्तु तथा सेवा आयात धान्ने गरी विदेशी विनिमय सञ्चिति गर्ने

शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढिरहे पनि ७ महिनाको आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चित गर्ने लक्ष्य रहेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार गत जेठसम्म सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेपछि १२औं पटक फेरि नयाँ कीर्तिमान बनेको थियो। यो सञ्चितिले १५.१ महिना वस्तु र १२.६ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको थियो ।

प्रकाशित : श्रावण ११, २०८१ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×