रुस-युक्रेन युद्ध र मध्यपूर्व क्षेत्रको भूराजनीतिक तनावले नेपालमा महँगी बढ्न सक्ने 

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

The Russia-Ukraine war and geopolitical tension in the Middle East region may increase prices in Nepal

काठमाडौँ — राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा महँगी बढ्न सक्ने बताएको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति वाचन गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा पछिल्लो समय थोक मुद्रास्फिति बढ्न सुरु भएको बताएका हुन् ।

‘भारतमा खाद्यान्न तथा तरकारी, गेडागुडी, र दालजन्य सामग्रीको मूल्य उच्च रहेको छ,’ उनले भने, ‘जारी रुस–युक्रेन यद्ध तथा मध्यपूर्व भूराजनीतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ ।’  

विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेकाले उदयमान र विकासोन्मुख राष्ट्रको आर्थिक वृद्धि लयमा फर्कन नसकेको र मुद्रास्फिति उच्च रहेको उनले बताए ।

मौद्रिक नीति २०८१/०८२मौद्रिक नीति

कान्तिपुर

Link copied successfully