कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुस-युक्रेन युद्ध र मध्यपूर्व क्षेत्रको भूराजनीतिक तनावले नेपालमा महँगी बढ्न सक्ने 

काठमाडौँ — राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा महँगी बढ्न सक्ने बताएको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति वाचन गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा पछिल्लो समय थोक मुद्रास्फिति बढ्न सुरु भएको बताएका हुन् ।

रुस-युक्रेन युद्ध र मध्यपूर्व क्षेत्रको भूराजनीतिक तनावले नेपालमा महँगी बढ्न सक्ने 

‘भारतमा खाद्यान्न तथा तरकारी, गेडागुडी, र दालजन्य सामग्रीको मूल्य उच्च रहेको छ,’ उनले भने, ‘जारी रुस–युक्रेन यद्ध तथा मध्यपूर्व भूराजनीतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ ।’

विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेकाले उदयमान र विकासोन्मुख राष्ट्रको आर्थिक वृद्धि लयमा फर्कन नसकेको र मुद्रास्फिति उच्च रहेको उनले बताए ।

प्रकाशित : श्रावण ११, २०८१ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×