प्रहरीका २३१ असई सईमा बढुवा [सूची]

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहअन्तर्गतका २३१ जना असईलाई सई पदमा बढुवाका लागि सिफारिस गरिएको जनाएको हो।

असार १३, २०८३

कान्तिपुर संवाददाता

231 ASIs of the police promoted to SAI [List]

काठमाडौँ — नेपाल प्रहरीका २३१ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहअन्तर्गतका २३१ जना असईलाई सई पदमा बढुवाका लागि सिफारिस गरिएको जनाएको हो।

हिजो नै बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित सूचीअनुसार सिफारिसमा परेका असईहरूलाई जनपद प्रहरी समूहअन्तर्गतकै प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा गरिनेछ।

हेर्नुहाेस् बढुवा सूची

कान्तिपुर

Link copied successfully