ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
काठमाडौँ — तेस्रो संरणको राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् ।
ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको ई–फुटबल विधातर्फ रजत बुढाथोकी च्याम्पियन बने । फाइनलमा बिकुल रानालाई पराजित गर्दै उनले उपाधि आफ्नो पक्षमा पारे ।
विजेता खेलाडीलाई राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायतले पुरस्कृत गरे ।