इजिप्टलाई समूह विजेता बन्ने अवसर

समूह 'जी'मा इजिप्ट चार अंकका साथ शीर्ष स्थानमा छ । शनिबारको खेलमा उसले इरानलाई पराजित गरे समूह विजेता बन्ने अवसर पनि हुनेछ ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

Egypt has a chance to become group winner

काठमाडौँ — विश्वकप २०२६ को शनिबार हुने अन्तिम दुई खेलमा इजिप्ट र इरान तथा बेल्जियम र न्युजिल्यान्ड भिड्दै छन् । समूह 'जी'मा इजिप्ट चार अंकका साथ शीर्ष स्थानमा छ र उसका सामु इरानलाई पराजित गर्दै समूह विजेता बन्ने अवसर पनि हुनेछ ।

इजिप्टको अबको बाटो तय गर्ने यात्रा उसकै हातमा रहेको छ । इरान भने दुई अंकमा दोस्रो स्थानमा छ । अन्तिम दुई स्थानमा बेल्जियमको दुई तथा न्युजिल्यान्डको एक अंक रहेको छ ।

अहिलेसम्म भएको खेलमा बेल्जियमले इजिप्टसँग १–१ र इरान र न्युजिल्यान्डले २–२ को बराबरी खेलेका थिए । त्यसपछि इरान र बेल्जियमले गोलरहित खेलेयता इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।

कान्तिपुर

Link copied successfully