२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
उपनिर्वाचन

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ : रास्वपा

वैशाख १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री ...

रास्वपा उम्मेदवार मिलन लिम्बूले आफ्नै वडामा पाए जम्मा ९६ मत 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिका वडा नम्बर-२ मा लिम्बूले ९६ मत मात्रै पाएका छन् ।

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघ्यो

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् । 

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू निकै पछाडि

इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा एमालेका सुहाङ नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई २ हजार ८ सय ५३ मतले पछाडि पारेका छन् ।

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् । 

इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन् ।

इलाममा एमालेको अग्रता कायमै, बझाङमा कांग्रेसले उछिन्यो

इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । सोमबार बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् । 

उपनिर्वाचन : इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता [अपडेट]

प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा आइतबार राति ११ बजेसम्म एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । उनले एक हजार १ सय मतभन्दा बढीको अग्रता कायम गरेका छन् । मध्यान्नबाट सुरु भएको मतगणनाको प्रारम्भमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

इलाम-२ उपनिर्वाचन : कांग्रेसका खड्का अगाडि, एमालेका नेम्बाङ मतान्तर घटाउँदै

इलाम-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणतामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

बझाङ-१ (१) मा एमाले उम्मेदवार भण्डारीलाई सुरुवाती अग्रता

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

बझाङमा पनि मतगणना सुरु

बझाङमा पनि मतगणना सुरु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा शनिवार भएको उपनिर्वाचनको मतगणना केहीबेरअघि सुरु भएको हो । 

इलाम-२ मा मतगणना सुरु

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । 

उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ ।

इलाम-२ मा ४० हजार मत खस्यो 

प्रतिनिधि सभा इलाम-२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले १ बजे सम्म करिव ४० हजार मत खसिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुको उत्साहजनक सहभागिताले अहिलेसम्म मतदान शान्तिपूर्ण छ ।’ उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । 

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ प्रदेश सभा निर्वाचन  (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । 

इलाम-२ मा निर्वाचन सुरु, मतदाताको उत्साहजनक उपस्थिति

पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।