गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादीलाई सुरुवाती अग्रता

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Initial lead for the Maoists in the vice-chairmanship of Gaurishankar Rural Municipality

काठमाडौँ — दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सोमबार दिउँसोदेखि सुरु भएको छ ।  वडा नम्बर १र २ मतगणना हुँदा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको हो ।

माओवादी उम्मेदवार निमलेकी शेर्पाले ८०९ मतसहित अग्रता बनाएकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उमा लुंगेली मगर शेर्पाले ४४७ मत पाएकी छिन् ।

यस्तै नेपाली कांग्रेसकी पासदिकी शेर्पाले २४० मत ल्याएकी छिन् । रास्वपाकी गोमा श्रेष्ठले १८ र एकीकृत समाजवादीकी रविना खड्काले १४ मत ल्याएकी छिन् ।  

उपाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा ४८ दशमलव २८ प्रतिशत(७ हजार ५ सय ८९ मत) खसेको थियो ।

यसअघि ०७९ को चुनावमा गौरीशंकरको उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ ४ हजार ७ सय ४१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् । ०७९ को चुनावमा यहाँ कांग्रेस र माओवादीको गठबन्धन भएको थियो । अध्यक्षमा माओवादीका विश्वास कार्की विजयी भएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully