गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

मंसिर १७, २०८१

केदार शिवाकोटी

Counting of votes for Gaurishankar rural municipality vice chairman has started

दोलखा — गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । पालिकाको ९ नम्बर वडाको बेदिङ मतदान केन्द्रबाट मतपेटिका सोमबार बिहान हेलिकप्टरबाट ल्याइएपछि  सर्वदलीय बैठक बसेर मतगणना थालिएको मुख्य निर्वाचन  अधिकृतको कार्यालयले जनाएको छ । 

सुरक्षा घेराको बीचमा गौरीशंकर पालिका-५ मा  वडा नं १ र २ को मतपेटिका खोलिएको कार्यालयले जनाएको छ । गौरीशंकरमा रिक्त उपाध्यक्ष पदका लागि  आइतबार भएको उपनिर्वाचनमा ४८ दशमलव २८ प्रतिशत मत खसेको छ ।

निर्वाचनमा ७ हजार ५सय ८९ मत खसेको हो । ९ वटा रहेको गौरीशंकरमा कुल १५  हजार  ७  सय १८ मतदाता रहेका छन् । 

केदार

Link copied successfully