पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीको सुरुवाती अग्रता

मंसिर १७, २०८१

महेश केसी

Initial lead of Maoists in Puthauttarganga rural municipality vice chairmanship

रूकुम पूर्व — रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले अग्रता लिएकी हुन् ।

कुल खसेको ५ हजार ९ सय ३१ मध्ये ११ सय २१ गणना हुदाँ बुढाले ६ सय ८ र कांग्रेस-एमालेकी साझा उम्मेदवार केशकुमारी तुलाचनले ४ सय ७६ मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३७ मत बदर भएको छ । 

जम्मा १४ वडामा २२ मतदान केन्द्र अन्तर्गत वडा नं. १ र १४ बाट गणना सुरू गरिएको बताउँदै सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले दुई स्थानबाट मत गन्ने काम भइरहेको जानकारी दिए । 

गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully