पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

मंसिर १७, २०८१

महेश केसी

Counting of votes for Puthauttarganga rural municipality vice chairman has started

रूकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठक पश्चात सोमबार बिहान ९ : ५० बजेबाट मतगणना सुरू गरिएको हो । 

पालिकाका जम्मा १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरू भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले बताए । 

गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचन र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार छन् । 

वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully