रौतहटको गढीमाई-८ मा एकीकृत समाजवादीका यादव निर्वाचित

मंसिर १७, २०८१

शिव पुरी

Yadav of the United Samajwadi Party was elected in Rautahat's Gadhimai-8

रौतहट — गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादवले ६५५ मत पाए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत ल्याइन् ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा जसपा नेपालका रामाज्ञा राय यादवले जितेका थिए । उनकी पत्नी जिउती एमाले प्रवेश गरेर चुनाव लडेकी हुन् । तर पराजित भइन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका सुबोधकुमार यादबले ६१७ मत प्राप्त गरेका छन् । यहाँ २ हजार ७५१ मतदाता रहेकोमा २ हजार २३७ मत खसेको थियो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully