महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

मंसिर १७, २०८१

ज्योति कटुवाल

Shahi of UML was elected as the chairman of Mahabu Rural Municipality

सुर्खेत — महाबु गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८ सय ४२ र रास्वपाका प्रकाश कुमार बुढाले १ सय १२ मत ल्याए।

यो पालिकामा यसअघि नेपाली कांग्रेसले जितेको थियो । नवनिर्वाचित अध्यक्ष शाही २०७४ मा पनि एमालेको तर्फबाट निर्वाचित भएका थिए । 

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully