त्रियुगा नगरपालिका- १२ को अध्यक्षमा माओवादीका राई विजयी

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Maoist's Rai won the chairmanship of Triyuga municipality-12

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । त्रियुगा नगरपालिका १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार राईले ९ सय २३ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, कांग्रेसका उम्मेदवार संजीव काफ्लेले ३ सय ५९, एकीकृत समाजवादीका निर्मला चौधरीले ३ सय १२, रास्वपाका ध्रुवप्रसाद पोखरेलले २ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

कान्तिपुर

Link copied successfully