शुद्धोधन गाउँपालिका १ को अध्यक्षमा एमालेका मुसलमान विजयी

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Muslims of UML won the chairmanship of Suddhodhan rural municipality 1

काठमाडौँ — कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार मोहमद ताहिर मुसलमान निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

एमाले उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरेका थिए । 

त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ मत प्राप्त गरेका छन् भने जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार रफि मोहम्मद मुसलमानले १ सय ३८ मत ल्याउँदा रास्वपाका अशोककुमार चौधरीले ९२ मत ल्याएका थिए भने राप्रपा उम्मेदवार इनताज अहमद धोवीले ६६ र नागरिक उन्मुक्तिका उम्मेदवार सूर्यकुमार चौधरी थारुले ३३ मत प्राप्त गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully