गढी गाउँपालिका ६ को अध्यक्षमा कांग्रेसका साहु विजयी

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Sahu of Congress won the chairmanship of Garhi rural municipality 6

काठमाडौँ — सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । 

आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ गरेकी थिइन् । 

वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले ३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन-२०८१

कान्तिपुर

Link copied successfully