काठमाडौँ — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा निर्वाचित एमाले उम्मेदवार भण्डारीले १ हजार ७४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।
भण्डारीकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले १ हजार ४७४ प्राप्त गरेकी थिइन् ।
स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षका लागि भएको निर्वाचनमा कूल ७ हजार ४६० मतदातामध्ये ३ हजार ९०३ मत खसेको थियो ।
निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएको थियो ।
