ठाकुरबाबा- ४ को अध्यक्षमा कांग्रेसका थारु विजयी

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Congress's Tharu wins in Thakurbaba-4 chairmanship

काठमाडौँ — बर्दियाको नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेस उम्मेदवार थारुले १ हजार ४३ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । 

थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले ३ सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

कान्तिपुर

Link copied successfully