कीर्तिपुरको प्रारम्भिक मतपरिणाम : कांग्रेसलाई पछ्याउँदै स्वतन्त्र, एमाले चौथो

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Kirtipur preliminary results: Independent followed by Congress, UML fourth

काठमाडौँ — कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ सय ५० मतका साथ अग्रता लिएका छन् । 

कांग्रेसका डंगोललाई स्वतन्त्र उम्मेदवार राजमान महर्जनले पछ्याइहेका छन् । महर्जनले ३ सय ४९ मत ल्याएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जन ३ सय २७ मत ल्याएर तेस्रो स्थानमा छन् भने एमालेका सुरेन्द्र मानन्धर प्रारम्भिक मतगणनामा चौथो स्थानमा रहेका छन् । उनले ३ सय १० मत ल्याएका छन् । 

कान्तिपुर

Link copied successfully