काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । २ हजार ७१८ मत गणना गर्दाको अवस्थामा रास्वपाका उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी छन् ।
निर्वाचन आयोगको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले ७ सय ८० मतका साथ अग्रता लिएका छन् । रास्वपालाई कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ५ सय ९८ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ५ सय २७ मत ल्याएर तेस्रो नम्बरमा पछ्याइरहेका छन् ।
एकीकृत समाजवादीले २ सय ३४ र राप्रपाले २ सय २१ मत ल्याएका छन् ।
