गुल्मीको मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ विजयी

मंसिर १७, २०८१

गगनशिला खड्का

Congress won in Musikot-1 of Gulmi

गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका – १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार १ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ९ सय ३० मत ल्याएका छन् । 

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तेस्रो र चौथो भएका छन् । माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर विकले १४३ र रास्वपाका उम्मेदवार विकास थापाले ४३ मत ल्याए । 

वडाध्यक्ष पदका लागि आठ जना उम्मेदवारमध्ये राप्रपाका ईश्वरी खातीले ५ मत प्राप्त गरिन् भने २८ मत बदर भएका छन् । 

उक्त वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले वडाध्यक्ष जितेको थियो । निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि रिक्त पदका लागि उपचुनाव भएको हो । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully