काठमाडौँ — दैलेखको दुल्लु नगरपालिकका-१३ मा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई ३ मतले पराजित गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेका उम्मेदवार लालबहादुरले ५ सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुरले ५ सय ७१ मत प्राप्त गरेका छन् ।
कुल मतदाता २ हजार ७ सय ६ मतदाता रहेको वडामा १ हजार ५ सय २७ मत खसेको थियो ।
यस्तै माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २ सय ७८ मत ल्याएका छन् ।
