गोरखा — गोरखा नगरपालिका–५ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर विजयी भएका छन् । आइतबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार ४ सय ८६ मतका साथ मगर विजयी बनेका हुन् ।
उनका निकटतम प्रति द्वन्द्वी कांग्रेस उम्मेदवार भाइकाजी आले ४ सय २ मत ल्याएर पराजित बने । ८४ मतान्तरले मगर विजयी बनेका हुन् ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार दुर्गामाया थापा रानाले ३ सय ४५, राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापाले ८२, नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १० मत, मंगोल नेशनल अर्गनाइजेशनकी भवानी थापा मगरले ९मत ल्याएकी छिन् । राप्रपाका कल्पना रानाले १२ मत, राप्रपा नेपालका रुपसिं रानाले ५, नेशनल रिपब्लीक नेपालकी सविना तामाङले ४ मत ल्याएका छन् ।
उक्त वडाको वडा अध्यक्षमा यसअघि नेकपा एमाले विजयी बनेको थियो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनबाट विजयी बनेका खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन भएको हो । कुल खसेको १३ सय ७३ मत मध्ये १८ मत बदर भएको थियो ।
