रौतहटको राजपुर-६ को वडाध्यक्षमा कांग्रेसका आलम विजयी

मंसिर १७, २०८१

शिव पुरी

Alam of Congress won the ward president of Rajpur-6 in Rautahat

रौतहट — रौतहटको राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । आलमले ७४४ मत ल्याई विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकुरुलाहले ४६३ मत ल्याए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा कांग्रेसले नै जितेको थियो । 

मतपरिणाम अनुसार नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

२ हजार ५४६ मतदाता रहेको यो वडामा आइतबार भएको मतदानमा १ हजार ७६६ मत खसेको थियो । कांग्रेसका वडा अध्यक्ष शेख मोजरेको गत वर्ष मृत्यु भए पछि यहाँ उपनिर्वाचन भएको हो । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully