काठमाडौँ — सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको सप्तरी जिल्लाको डाक्नेश्वरी ४ को वडाअध्यक्षमा जसपा, नेपालका उम्मेदवार यादवले ३ सय ७२ मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार यादवले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । कांग्रेसका वडाअध्यक्ष उम्मेदवार जोगिन्द्रराय अमातले २ सय ७७ मत ल्याएका थिए ।
जनमत पार्टीका उदयनारायण पण्डित २ सय ३१ मत ल्याएर तेस्रो स्थानमा रहे भने एमालेका संजयकुमार यादवले ६८ मत ल्याएका थिए ।
डाक्नेश्वरी ४ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भागवत रामले ९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले ३ र जनता समाजवादी पार्टीका रविन्द्र रायले ३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
