ककनी गाउँपालिका २ को अध्यक्षमा माओवादीका घिमिरे निर्वाचित

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Maoist Ghimire was elected as the Chairman of Kakani Rural Municipality 2

काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार घिमिरेले १ हजार ८५ मत ल्याएर जित हासिल गरेका हुन् । 

ककनी गाउँपालिका २ को अध्यक्षमा कांग्रेसका सूर्य तामाङ ५ सय ८७ मत ल्याएर दोस्रो भए भने एमालेका यमबहादुर लामाले ३ सय ४१ मत ल्याएर तेस्रो भएका छन् । 

रास्वपाका उम्मेदवार मंगलसिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवारले २८ मत प्राप्त गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully