धनुषाधाम नगरपालिका १ को अध्यक्षमा माओवादीका केवट निर्वाचित

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Kevat of Maoists was elected as the Chairman of Dhanushadham Municipality 1

काठमाडौँ — धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको मतपरिणामअनुसार धनुषाधाम १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शुनीलकापर केवट निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार वडाअध्यक्षमा निर्वाचित केवटले ६ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका थिए । 

तेस्रो नम्बरमा रहेका जसपा, नेपालका उम्मेदवार अजयकुमार यादवले ४ सय ९९ मत प्राप्त गरेका छन् भने एमालेका प्रमोद यादवले ३ सय ६५ मत प्राप्त गरे । 

त्यस्तै, राप्रपाका उम्मेदवार रामदेवसिंह दनुवारले २ मत ल्याउँदा जनमतका उम्मेदवार कशेश्वर मण्डलले पनि २ मत नै प्राप्त गरेका छन् । यो वडामा रास्वपाका उम्मेदवार रामनरेश दासले १ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully