बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले चित्तलको रोमाञ्चक गतिविधि देखेर पर्यटक रमाउने गरेका छन् । निकुञ्ज पस्नासाथ प्राकृतिक वातावरणमा चित्तल देखिएर पर्यटकलाई आल्हादित वातावरण प्रदान गर्छन् । निकुञ्जमा चित्तलसहित जरायो, लगुना र रतुवाले पर्यटक भुलाउने गरेका छन् ।
एक साताका लागि नेपाल घुम्न आएकी मेक्सिकोकी मारियाना नाम्चे पुग्दा औधी रमाइन् । भित्ता खोपेर बनाइएका हरिया छाना भएका घर र ढुंगा छापेको गोरेटो बाटो उनका लागि नौलो थियो । घरका झ्यालबाटै सेताम्य हिमाल देखेपछि झन् रोमाञ्चित बनिन् । यही कारणले आफ्नो यात्रा पाँच दिन थपिन् । उकालीओराली गर्दै सगरमाथा बेस क्याम्प पुगेर नाम्चे फर्कंदा उनी निकै खुसी थिइन् । ‘निकै खुसी भएँ,’ उनले भनिन्, ‘अर्को वर्ष परिवारै लिएर आउँछु ।’
शिर निहुर्याएर डिलमा ढोगे । माटोको टीका लगाए । उनका आँखा रसाए । सँगै आएका छोराबुहारी ‘बाबालाई के भयो ?’ भन्दै मुखामुख गर्न थाले । ‘यहाँ आउँदा खुसी र आनन्दले आँसु झरे,’ जगदीशपुर तालनजिक उभिएका ललितपुर, कुपण्डोलका ८८ वर्षीय योगनारायण शर्माले भने ।
कोभिड–१९ संक्रमणको जोखिम बढेपछि माल्दिभ्सको राजधानी मालेमा दुई दिनयता कर्फ्युजत्तिकै लकडाउन छ । मालेदेखि निकै परसम्मका टापुहरूमा रहेका सबै रिसोर्ट र होटल १५ दिनयता बन्द छन् ।