शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

वैशाख ५, २०८२

मनोज पौडेल

Shots were fired at the president of Suddhodhan Rural Municipality

कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।

राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताए । 

राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनको भनाइ उद्धृत गर्दै डीएसपी अधिकारीले बताए ।

घरको कम्पाउन्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई बताएका छन् । गोलीबाट छलिएर आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले बताए । 

मनोज

Link copied successfully