आफ्नै बोझ थाम्न नसकेर सरकार ढल्छ : अध्यक्ष दाहाल

वैशाख ५, २०८२

मनोज पौडेल

Unable to bear its own burden, the government will collapse: President Dahal

कपिलवस्तु — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो बोझ आफैं थाम्न नसकेर ढल्ने अवस्था सिर्जना हुने बताएका छन् । 'कांग्रेस-एमालेलाई माओवादीले बोक्दा उनीहरुलाई फाइदा भयो,' उनले भने, 'अब हामी कसैलाई बोक्ने काम गरेर गल्ती गर्दैनौं ।'

कपिलवस्तुको बहादुरगंजमा शुक्रबार आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका काम अवरुद्ध भएको बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए ।

ओली सरकार भ्रष्टाचारीलाई रक्षा गर्नका लागि निर्माण भएको उनको टिप्पणी थियो । सरकारले कुलमान घिसिङ लगायतका व्यक्तिलाई हटाएर गलत क्रियाकलाप संचालन गरेको दाहालले बताए । 

उनले बुद्धस्थल तिलौराकोटको पनि अवलोकन गरेका थिए । 

मनोज

Link copied successfully