शुद्धोधन–१ को वडाध्यक्षमा एमालेका मुसलमान निर्वाचित

मंसिर १७, २०८१

मनोज पौडेल

A Muslim of UML was elected as the ward president of Suddhodhan-1

कपिलवस्तु — शुद्धोधन गाउपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् ।

उनले एक हजार १ सय ५० मतल पाएर विजयी भए। उनका निकटतम प्रतिद्वण्द्वी काग्रेसका दिनेश यादबले एक हजार ७६ मत पाएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए ।

आइतबार भएको निर्वाचनमा एक हजार ६ सय ६६ पुरुष र एक हजार ७ सय १३ महिला गरी ३ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा वडाध्यक्षका लागि दलका १० जना र स्वतन्त्र ४ जनागरी १४ जना उम्मेदवार थिए । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन भएको हो । 

मनोज

Link copied successfully