पुथा उत्तरगंगाको उपाध्यक्षमा सत्ता गठबन्धनभन्दा दोब्बर मतले माओवादीको अग्रता

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Maoists' lead in Putha Uttarganga's vice-chairmanship by double the votes of the ruling coalition

काठमाडौँ — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको मतगणना भइरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले सत्तारुढ एमाले र कांग्रेसका संयुक्त उम्मेदवारभन्दा दोब्बरले अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले ३ हजार १ सय ६१ मत प्राप्त गरेकी छन् । 

कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले १ हजार ५ सय ५४ मत प्राप्त गरेकी छन् । माओवादी उम्मेदवारले सत्ता गठबन्धनको उम्मेदवारको कूल मतभन्दा बढीको अन्तर बनाएकी छन् । उनीहरूबीचको मतान्तर १ हजार ६०७ रहेको छ । 

कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्र‍ेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् । 

कान्तिपुर

Link copied successfully