गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

मंसिर १७, २०८१

केदार शिवाकोटी

UML's Sherpa won as vice president of Gaurishankar Rural Municipality

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन् ।  उनी माओवादी उम्मेदवारलाई २ सय ५ मतान्तरले हराउँदै विजयी भएकी हुन् । 

शेर्पा २ हजार ८ सय ५ मतसहित विजयी भएकी हुन् ।  शेर्पाकी निकटतम् प्रतिस्पर्धी रहेकी माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६ सय मत ल्याइन् ।  तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत ल्याएकी छिन् । 

आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा ७ हजार ५ सय ९० मत खसेको थियो । त्यसमध्ये ११० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

त्यस्तै राप्रपाकी मानकुमारी श्रेष्ठले ११८, रास्वपाकी गोमा श्रेष्ठले १ सय र एकीकृत समाजवादीकी रविना खड्काले ९० मत ल्याएकी छिन् ।  यसअघि ०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए । उनी ४ हजार ७ सय ४१ मत ल्याई विजयी हुँदा एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् ।  

केदार

Link copied successfully