रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि कुन-कुन दल दर्ता भए ? [सूचीसहित]

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूसहित २६ दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन्।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Which parties were registered for the by-elections in Rupandehi-3? [with list]

What you should know

काठमाडौँ — रुपन्देही-३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि तोकिएको समय गत साउन २१ देखि साउन २७ सम्म विभिन्न राजनीतिक दल लर्ता भएका हुन् । 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि २७ वटा दलले निवेदन दिए पनि कानुनी रीत पूरा भएका २६ दल मात्र दर्ता हुन योग्य भएका हुन् । आयोगका अनुसार सबैभन्दा पहिला मंगोल नेशनल अर्गनाइजेशन दर्ता भएको थियो । त्यस्तै प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपालगायत पनि दर्ता भएका छन् । 

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आयोगले असोज २१ गते मनोनयन दर्ताको दिन तोकेको छ ।

यी हुन उपनिर्वाचनका लागि दर्ता भएका दलहरू

कान्तिपुर संवाददाता

Link copied successfully