काठमाडौँ — हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिना विजयी भएकी छिन् । उनी कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी भएकी हुन् ।
तिमिल्सिना १ हजार ६ सय ३६ मत सहित विजयी भएकी हुन् । बुढाले १ हजार ५ सय ९३ मत ल्याइन् । तेस्रो स्थानमा भने एमाले उम्मेदवार जाना शाही रहिन् ।
०७९ को स्थानीय चुनावमा सर्केगाडका चन्द्रसिंह कार्की ३ हजार २ सय ६९ मतसहित विजयी भएका थिए । गत भदौमा गाडी दुर्घटनामा कार्कीको निधन भएपछि सर्केगाडको उपाध्यक्ष पदका लागि आइतबार उपचुनाव भएको हो ।
