काठमाडौँ — कीर्तिपुर नगरपालिकाको मेयर उपचुनावको मतगणना अन्तिम चरणमा पुगिरहेका बेला माओवादी दोस्रो स्थानमा उक्लिएको छ । कांग्रेसका कृष्णमान डंगोल ५ हजार ६९ मतसहित अग्रस्थानमा रहेका छन् ।
मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका माओवादी उम्मेदवार शिवशरण महर्जन दोस्रो स्थानमा आएका छन् । उनले ४ हजार १ सय १९ मत ल्याएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धर ३ हजार ९ सय ९७ मतसहित अहिले तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ८ सय ७६ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार २ सय ८९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले पनि १ हजार ४३ मत ल्याएका छन् । राप्रपाका ध्रुव महर्जनले भने ९ सय ४४ मत ल्याएका छन् ।
