कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ अवलोकन गर्ने बढ्दै

काठमाडौँ — काठमाडौँको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन् ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ अवलोकन गर्ने बढ्दै

आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले हालसम्म करिब २० हजारले कला प्रदर्शनी अवलोकन गरिसकेका र यो क्रम जारी रहेको जानकारी दिए । उनले प्रदर्शनीमा राजनीतिज्ञ, कलाकार, साहित्यकार, लेखक, बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण तथा विद्यार्थीहरूले अवलोकन गर्ने क्रम जारिरहेको बताए । हालसम्म ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले कला प्रदर्शनी अवलोकन गरेका उनले बताए । 'कुनै दिन पाँच/छवटा विद्यालयबाट विद्यार्थी प्रदर्शनी अवलोकनका लागि आउने गरेका छन्, समग्रमा यसपालि विगतका भन्दा बढी रौनक देखिएको छ', थुम्केलीले भने ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक प्रतिष्ठानले काठमाडौँका दर्जनौँ स्कुलमा शिक्षामा सीप कार्यक्रम सञ्चालन गरेकाले विद्यार्थीको आकर्षण थपिएको बताए । 'यो कला प्रदर्शनीलाई नेपालमा कला क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रूपमा हेरिने गरिएको छ । ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलोपटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन्, त्यसैले पनि यो महत्वपूर्ण छ', कुलपति हार्तम्छालीले भने ।

प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामा प्रतिष्ठानको कला प्रवर्द्धनका लागि स्थापनाकालदेखि नै प्रदर्शनी हुँदै आएकामा विद्यार्थीको आकर्षण थपिँदा प्रदर्शनीको औचित्य थप बढेको बताउँछन् ।

‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ यही जेठ १५ गतेबाट प्रदर्शनी सुरु भएको थियो । प्रदर्शनी यो महिनाभर चल्ने छ । प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिएका छन् ।



प्रकाशित : जेष्ठ २६, २०८१ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×