आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४’

असार ६, २०८१

कान्तिपुर संवाददाता

'Creation-2024' at Art Council

काठमाडौँ — सिर्जना कलेज अफ फाइन आट्सले बर्सेनि गर्दै आएको ‘सिर्जना–२०२४’ मा प्रदर्शनीका लागि २९ कलाकारका दुई सय सिर्जना राखिएका छन् । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला तथा फोटोग्राफी गरी २९ जना कलाकारका २ सय सिर्जना समावेश छन् । 

कलेजका अुनसार ‘सिर्जना–२०२४’ मा खासगरी चारजना वरिष्ठ कलाकार शशीविक्रम शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर र मदन चित्रकारका कला यात्रा र सिर्जनाका विविध पक्षहरू प्रस्तुत गरिएको छ । 

'Creation-2024' at Art Councilत्यसका साथै, प्रदर्शनीमा नवीन्द्र राजभण्डारी, शारदामान श्रेष्ठ, शरद रञ्जित, सम्झना राजभण्डारी, कृष्णगोपाल श्रेष्ठलगायतका कलाकारका कलाकृति समेत प्रदर्शनीमा अटाएका छन् । प्रदर्शनी असार ७ गतेसम्म चल्नेछ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully