कैलालीकी २२ वर्षीय सुप्रिया तिमल्सिनाको रहर हो नायिका बन्ने । प्रियंका कार्कीबाट प्रभावित भएर नै उनले नायिका बन्ने सोच बनाएकी हुन् । त्यसैले त थिएटर हुँदै चलचित्र क्षेत्रमा स्थापित हुने रहर पालेकी छन् उनले । पत्रकारिता विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत सुप्रिया थिएटरमा सिकेको अभिनयले चलचित्र क्षेत्रमा स्थापित हुन सहज हुने ठानेर नै यसतर्फ आकर्षित भएकी हुन् ।
मञ्जु राना ७० वर्ष पुगिसकेकी छन् । उनी ज्येष्ठ नागरिक वर्गमा पर्छिन् । यो उमेर सरकारी सुविधा लिएर परिवारसँग बस्न पाउनुपर्ने हो तर उनको अवस्था ठीकविपरीत छ । अहिले न उनीसँग परिवार छ न पर्याप्त सरकारी सुविधा पाउन सकेकी छन् । उनी दुई वर्षदेखि भक्तपुरस्थित मानव सेवा आश्रममा आश्रित छन् । परिवारबाट अपहेलित भएर आश्रममा आइपुगेकी उनले नागरिकता नभएका कारण सरकारी सुविधा पाउन सकेकी छैनन् ।
आमा, माइतीघर, कुमारी । यी नारीप्रधान नाम हुन्, जहाँबाट नेपाली फिल्मको इतिहास सुरु हुन्छ । सुरुआती चरणमा नारीको वेदना र विलौनालाई नै यसले आफ्नो कथा बनायो । अहिले ६ दशकपछि नेपाली फिल्म महिला निर्देशकको कप्तानीमा छ ।
व्यक्तिगत विवरण फाराम भर्ने भन्दै जनगणनाको टोली उनको डेरामा आइपुग्यो । गणकले व्यक्तिगत र पारिवारिक विवरण खुलाउन चाहे । तर, थर खुल्ने डरले उनले वास्तविक पहिचान दिन सकेनन् । उनी दलित समुदायका हुन् । थर लुकाएर डेरामा बसेका उनलाई जनगणनाको विवरण टिपाउँदा पनि थर ढाँट्नुपर्यो ।