सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार मंगलबार साँझ गोप्य सूचनाका आधारमा ललितपुरको सानेपाबाट छुटेका ती ट्रकलाई रिङरोड क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको हो।
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालले आवश्यक कागजातबिना कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेको १० वटा ट्रक नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार मंगलबार साँझ गोप्य सूचनाका आधारमा ललितपुरको सानेपाबाट छुटेका ती ट्रकलाई रिङरोड क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा परेका ट्रकहरूमा ठूलो परिमाणमा कबाडी सामान लोड गरिएको थियो। ती ट्रकसँग आवश्यक कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नियन्त्रणमा परेका ट्रकहरूको नम्बर प्र२-०३-००१ ख ४७३८, लु२ ख ५१०५, प्र२-०३-००१ ख ५६१९, ना५ ख ६६७१, ना८ ख ६२५३, ना७ ख ९९८, ना६ ख ९४९७, ग२ ख ५३९, ना६ ख ५६१ रहेका छन्। अर्कोएउटा ट्रकको नम्बर खुलाईएको छैन ।
सशस्त्र प्रहरीले ती ट्रकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।