काठमाडौं महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने 

नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीहरूको सुझाव तथा आवश्यकतामा सहकार्य गर्ने

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City to conduct 'Gen Z, Gen Alpha' special program

What you should know

काठमाडौँ — काठमाडौं महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, सहिदका परिवारलगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ,’ नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमुना कार्यक्रमलाई संस्थागत गरिनेछ।’ 

ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपांगता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइने पनि 

त्यसैगरी महानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौंको घोषणालाई साझेदार निकायहरुको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी ‘मानवीयताको सहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्ने, काठमाडौँ महानगरपालिकाले आधुनिक तथा पराम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘महानगरक्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चराचुरुङ्गीमैत्री अभ्यासहरू सञ्चालन गर्दै चराचुरुङ्गीहरूका लागि पानी उपलब्ध गराउन पानी पात्र स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सम्मानित राष्ट्रिय व्यक्ति र नवयुवा पुस्ता ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीहरूको सुझाव तथा आवश्यकतामा सहकार्य गरिनेछ।’

कान्तिपुर

Link copied successfully