पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
What you should know
काठमाडौं — कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ ।
विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । 'कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन,' उनले भने, 'सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले संक्रमण सारेको छ ।'
कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन,' उनले भने, 'सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले संक्रमण सारेको छ ।महानिर्देशक डा. दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन् । कागमा देखिएको संक्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ रहेको छ । 'काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ' उनले भने ।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
महानिर्देशक डा. दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहराबाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो । उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए ।
विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।
