सैनिक मुख्यालय छेउ विवाहको पटाका पड्किँदा प्रहरीलाई तनाव

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार केही समयपछि थाहा भयो, खासमा सैनिक हेडक्वार्टर छेउमा विवाहमा गएको एउटा टोलीले पटाका पड्काएको रहेछ ।

असार १८, २०८३

गौरव पोखरेल

Police tense as wedding crackers explode near military headquarters

काठमाडौँ — भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा बिहीबार बेलुकी १० बजेतिर एक्कासी ठूलो विस्फोटको आवाज आयो । नजिकै रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली चनाखो भयो । सैनिक अधिकारीहरूले पनि आसपासमा बुझ्न थाले ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार केही समयपछि थाहा भयो, खासमा सैनिक हेडक्वार्टर छेउमा विवाहमा गएको एउटा टोलीले पटाका पड्काएको रहेछ ।

‘धेरै पटक आवाज आएपछि खोजी गरेका थियौं । त्यसक्रममा बेहुलाले पटाका पड्काएको भन्ने थाहा भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘थप सोधपुछ गर्न भोलि कार्यालयमा बोलाएका छौं।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully